
काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमन्ट एण्ड मर्चेन्टले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) रिलायबल समृद्धि योजनाको इकाई निष्कासन गर्ने भएको छ।
क्यापिटलले २०८२ बैशाख ३ गतेदेखि प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई सार्वजनिक निष्कासनमा ल्याउने भएको हो।
क्यापिटलले कूल निष्कासनको १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरि बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणमा बिक्री गर्ने जनाएको छ।
लगानीकर्ताले रिलायबल समृद्धि योजनामा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ।
इकाई निष्कासन बिक्री अवधि छिटोमा बैशाख ७ गते र ढिलोमा १७ गतेसम्म खुला रहनेछ। रिलायबल समृद्धि योजना १० वर्षे बन्दमुखी योजना हो। कोषको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ।