
काठमाडौं । गोदावरी स्टिलले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासनको विशेष प्रस्ताव वार्षिक साधारण सभाबाट स्वीकृत गर्दैछ।
स्टिलले पब्लिक कम्पनी भएपछि पहिलोपटक बैशाख २६ गते साधारण सभा गर्न लागेको हो। सभामा ६ वटा सामान्य र ४ वटा विशेष प्रस्ताव पेस हुँदैछ।
कम्पनीले पुँजी वृद्धि, आइपीओ निष्कासन र प्रबन्धपत्र नियमावली संशोधन गर्ने जनाएको छ।