एफएनसीसीआईको ५९औं वार्षिक साधारण सभा : सात कम्पनी सम्मानित, कुन क्षेत्रमा कुन ?

बिजमाण्डू
२०८१ चैत्र २८ गते १७:४० | Apr 10, 2025
एफएनसीसीआईको ५९औं वार्षिक साधारण सभा : सात कम्पनी सम्मानित, कुन क्षेत्रमा कुन ?


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न विभामा सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीहरुलाई सम्मान गरेको छ। महासंघले बिहीबार आफ्नो ५९औं वार्षिक साधारण सभाका अवसरमा विभिन्न कम्पनीलाई सम्मान गरेको हो।

Tata
GBIME
NLIC

वस्तु निर्यातको कारोबारतर्फ डाबर नेपाल, बैंक, वित्तीय संस्था र बीमातर्फ नबिल बैंक, पर्यटनतर्फ तारागाउँ रिजेन्सी होटल, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, ऊर्जातर्फ भोटेकोशी पावर कम्पनी, रेमिटेन्सतर्फ सिटी एक्सप्रेस र विशेष उद्योगतर्फ वरूण वेभरेज नेपाल सम्मानित भएका हुन्।

महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ पाँचथर, पर्वत र चितवन उद्योग वाणिज्य संघलाई सम्मान गरेको छ। यस्तै संस्थागत सामाजिक उत्तरदायित्वमा उल्लेखनीय भूमिका निर्वाह गरेबापत सिन्धुली उद्योग वाणिज्य संघलाई सम्मान गरिएको छ।

वस्तुगत समूहतर्फ नेपाल हस्तकला महासंघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघतर्फ नेपाल-भारत उद्योग वाणिज्य संघ, प्रादेशिक शाखातर्फ कोशी प्रदेश सम्मानित भएका छन्।

महासंघका २५ वर्ष काम गरेका निर्देशक सूर्यराज पौडेल र उपनिर्देशक विदुरचन्द्र लामिछानेले प्रशंसापत्र पाएका छन्।