
काठमाडौं। चालु आर्थिक वर्ष ८ महिनामा २१ अर्ब ८३ करोड १५ लाख रुपैयाँ बराबरको सार्वजनिक निष्कासन भएको छ।
नेपाल धितो पत्र बोर्ड (सेबोन)ले चालु वर्ष फागुनसम्म आइपीओ, हकप्रद सेयर, ऋणपत्र र सामूहिक लगानी कोष गरेर २६ वटा सार्वजनिक निष्कासन स्वीकृत गरेको हो।
सबैभन्दा धेरै ११ वटा म्युचुअल फण्डले १० अर्ब २० करोड रुपैयाँको सार्वजनिक निष्कासन गरेका छन्। हकप्रद सेयर ७ कम्पनीले ९ अर्ब २९ करोड ६५ लाख रुपैयाँको निष्कासन गरेका छन्। यस्तै, आइपीओ ५ कम्पनीले १ अर्ब १ करोड रुपैयाँको निष्कासन गरेकामा ऋणपत्र १ अर्ब ३२ करोड रुपैयाँको निष्कासन गरिएको छ।
कम्पनी | सार्वजनिक निष्कासन रु दश लाखमा |
नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेसन | २३४६.८ |
एनएलजी इन्स्योरेन्स | ९६३.१ |
लिबर्टी इनर्जी | ७५० |
बलेफी हाइड्रोपावर | १८२७.९७ |
ङादी ग्रुप पावर | १८५१.३ |
नेको इन्स्योरेन्स | ५०३.१ |
दोर्दीखोला जलविद्युत | १०५४.३ |
गार्डियन माइक्रो लाइफ | २२५ |
नेपाल माइक्रो इन्स्योरेन्स | २२५ |
क्रेस्ट माइक्रो लाइफ | २२५ |
ओम मेगाश्री | १८० |
पियोर इनर्जी | १६० |
एनएमबि सरल बचत फण्ड इ (खुलामुखी) | २०० |
सिद्धार्थ व्यवस्थित लगानी योजना | ५०० |
मुक्तिनाथ म्युचुअल फण्ड | १००० |
एनएमबि सरल बचत फण्ड इ (खुलामुखी) | २०० |
गरिमा समृद्धि योजना | १००० |
एनआईसी एसिया डाइनामिक डेब्ट फण्ड | १००० |
एनआईबिएल सहभागिता | २००० |
नबिल फ्लेक्सी क्याप फण्ड | ५०० |
एनएमबि हाइब्रिड फण्ड एल २ | १२०० |
एनएमबि सरल बचत फण्ड इ(खुलामुखी) | ४०० |
सानिमा फ्लेक्सी फण्ड | १००० |
एमबिएल इक्विटी फण्ड | १२०० |
आइसीएफसी फाइनान्स लिमिटेड | १२० |
एभरेष्ट बैंक | १२०० |
कुल | २१८३१.५ |