इसेवा प्रयोगकर्तालाई ‘एटी_अलर्ट’ सर्टकोड प्रयोग गरेर आक्रमणको प्रयास, सचेत रहन आग्रह

बिजमाण्डू
२०८१ चैत्र २६ गते ११:०४ | Apr 8, 2025
इसेवा प्रयोगकर्तालाई ‘एटी_अलर्ट’ सर्टकोड प्रयोग गरेर आक्रमणको प्रयास, सचेत रहन आग्रह

काठमाडौं। एटी_अलर्ट नामक सर्टकोड प्रयोग गरेर इसेवा प्रयोगकर्ताहरुको खातामा अनधिकृत पहुँच पुर्‍याउने कोसिस भएको छ। इसेवा प्रयोगकर्ताहरुलाई एटी_अलर्टको सर्टकोडमार्फत भ्रमित एसएमएस पठाइरहेको भन्दै कम्पनीले सचेत रहन आग्रह गरेको हो।

Tata
GBIME

एटी_अलर्ट नामक सर्टकोड प्रयोग गरेर इसेवाले कुनै सन्देश नपठाउने भन्दै त्यसको पछि लागेर कुनै पनि लिंकमा क्लिक नगर्नसमेत सचेत गराएको छ। त्यस्ता सन्देशले मागेका कुनै पनि व्यक्तिगत वा वित्तीय विवरन प्रदान नगर्न इसेवाले सूचित गरेको छ।

एटी_अलर्टमार्फत प्रयोगकर्ताको फोनमा आएको एसएमएस

इसेवाले आफूले पठाउने सबै एसएमएसहरु इसेवा, इसेवा अलर्ट, ३२१३१ र ३२१२१ मार्फत मात्रै पठाउने स्पष्ट पारेको छ। यसका साथै इसेवा वा अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था, मोबाइल वालेटहरुले ग्राहकसँग ओटीपी, एमपिन, पासवर्डजस्ता संवेदनशील जानकारी माग्दैनन्।