सुनको भाउ सोमबार पनि घट्यो, तोलाको १ लाख ७३ हजार ८ सय, चाँदीमा बढोत्तरी

बिजमाण्डू
२०८१ चैत्र २५ गते १०:५१ | Apr 7, 2025
सुनको भाउ सोमबार पनि घट्यो, तोलाको १ लाख ७३ हजार ८ सय, चाँदीमा बढोत्तरी


काठमाडौं। सुनको मूल्य क्रमिक घटिरहेको छ। साताको दोस्रो दिन तोलामा ७ सय रुपैयाँ घट्दा कारोबार मूल्य प्रति तोला १ लाख ७३ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
NLIC

गत शुक्रबारका तुलनामा १ हजार ९ सय रुपैयाँ घट्दा आइतबार प्रति तोला १ लाख ७४ हजार ५ सय रुपैंयाँ भएको थियो। गत बिहीबार प्रति तोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेर सुनले हालसम्मकै उच्च मूल्य कायम गरेको थियो। त्यसयता तीन दिनमा तोलामा ५ हजार ६ सय रुपैयाँ घटिसकेको छ।

चाँदीको भाउ सोमबार बढेको छ। अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँले बढेर प्रति तोला १ हजार ८ सय ३० रुपैयाँ भएको हो। आइतबार ७० रुपैयाँ घटेर तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सोमबार घट्दै प्रति औंस ३०२८.१५ डलर भएको छ। चाँदी प्रति औंस ३०.१ डलर छ। आइतबार सुन प्रति औंस ३०३७.६५ डलर र चाँदी २९.६२ डलर थियो।