अस्टन मार्टिनको प्लगइन हाइब्रिड सुपर कार ‘भ्यानक्वीस’ भित्रियो भारतमा, मूल्य भारु ९ करोड

बिजमाण्डू
२०८१ चैत्र १२ गते १६:२४ | Mar 25, 2025
अस्टन मार्टिनको प्लगइन हाइब्रिड सुपर कार ‘भ्यानक्वीस’ भित्रियो भारतमा, मूल्य भारु ९ करोड

काठमाडौं। अस्टन मार्टिनको प्लगइन हाइब्रिड सुपर कार ‘भ्यानक्वीस’ गाडी भारतीय बजारमा भित्रिएको छ। कम्पनीले ८ करोड ८५ लाख भारु तोकेर गाडीको बिक्री सुरु गरेको छ।

Tata
GBIME

गाडीमा ५.२ लिटरको ट्वीन टर्बोचार्ज्ड भी १२ इन्जिन उपलब्ध छ। यसको टप स्पिड ३४५ किलोमिटर प्रति घन्टा छ। साथै ३.३ सेकेन्डमा शुन्यदेखि १०० किलोमिटर प्रति घन्टाको रफ्तारमा एक्सिलेरेस गर्न सकिन्छ। यसको इन्जिनले ८३५ हर्सपावर र १ हजार एनएम टर्क उत्पादन गर्न सक्छ।

यसमा सिग्नेचर भ्यान्ड ग्रिल राखिएको छ जसले इन्जिनलाई एयर कुल्ड गर्न मद्दत गर्छ। साथै यसमा भएको टु फिन-सेप्ड बनेट स्कुपले एयरलाई च्यानलिङ गर्न सहयोग गर्छ। यसमा टु डोर कुपे डिजाइन राखिएको छ। साथै २१ इन्च ह्वील भएको बेस्पोक पिरेलीको टायर उपलब्ध छ।

यसको भित्रि भागमा १०.२५ इन्चको टचस्क्रिन राखिएको छ। यही साइजको क्ल्स्टर पनि राखिएको छ। गाडीमा १५ वटा स्पिकर राखिएका छन्।

यो गाडीको प्रतिस्पर्धीका रुपमा फरारीको १२ सिलिन्ड्री मोडललाई लिइएको छ।