विद्युत प्राधिकरणको प्रधान कार्यालय बाहिर बढाइएको सुरक्षा, जनपद र सशस्त्र प्रहरी तैनाथ

रोजन श्रेष्ठ
२०८१ चैत्र १२ गते ११:०४ | Mar 25, 2025
विद्युत प्राधिकरणको प्रधान कार्यालय बाहिर बढाइएको सुरक्षा, जनपद र सशस्त्र प्रहरी तैनाथ

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाए पछि उपत्यकामा सुरक्षा व्यस्था कडा पारिएको छ।

Tata
GBIME

रत्नपार्कस्थित प्राधिकरणको केन्द्रिय कार्यालयमा प्रहरी तैनाथ गरिएको छ।

सशस्त्रसँगै नेपाल प्रहरीको टोली प्राधिकरण परिसरमा खटाइएका छन्।

कुलमान हटाएको विरोधमा विपक्षी दलले आज विरोध गर्न सक्ने भन्दै सतर्कता अपनाइएको हो।