
काठमाडौं। छोटो समयमै प्रिमियम इभीका रुपमा पहिचान बनाएको चांगनको डीपल इभी बिक्रीमा डाउन पेमेन्ट योजना आएको छ। नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आकर्षक न्युनतम डाउन पेमेन्ट स्किम घोषणा गरेको हो।
योजनाअन्तर्गत अब डीपलका इभीहरु २० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सकिने छ । डीपलका प्रिमियम इभीहरु एल०७ लाई मात्र १३ लाख ९९ हजार रुपैयाँ, एस०७ १४ लाख ९९ हजार रुपैयाँ र एस०७एल मात्र १६ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट गरेर ग्राहले आफ्नो बनाउन सक्ने कम्पनीले जनएको छ।
यससँगै ग्राहकले फ्लटिङ बेसिसमा ८.९९ प्रतिशत ब्याजदरमा ७ वर्षको सवारी कर्जाको उपभोग गर्न पाउने छन्। ग्राहकका लागि फाइनान्सिङ पार्टनर एमएडब्लु हायर एन्ड पर्चेजमार्फत दुई दिनमै सवारी कर्जा पास गर्ने व्यवस्था गरिएको एमएडब्लु वृद्धिद्वारा जारी विज्ञप्तिमा छ।
यो योजना काठमाडौंको नक्सालस्थित मुख्य सोरुमसँगै देशभरका डिलरहरुमा समेत लागू हुने जनाइएको छ। यो स्किमलाई अझै आकर्षक बनाउन एमएडब्लु वृद्धिले ग्राहकलाई ७ किलोवाट र ३ किलोवाटको चार्जर, अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र अन्य एसेसरिजहरु गरी दुई लाख रुपैयाँसम्मको थप सुविधाको पनि व्यवस्था गरेको छ। यो अफर चैत ८ गतेदेखि १५ दिनका लागि लागू हुने जनाइएको छ।
आफ्नो कटिङ एड्ज डिजाइन, फ्युचरिस्टिक टेक्नोलोजी र अतुलानीय ड्राइभिङ एक्सपिरियन्सका कारण नेपालमा सार्वजनिक भएको छोटो समयमै डीपलले आफूलाई स्टाइल र स्टेटस सिम्बोलका रुपमा स्थापित गरेको छ। हालसम्म नेपालमा आठ सयभन्दा बढी डीपल इभी ग्राहकलाई डेलिभरी भइसकेको कम्पनीले उल्लेख गरेको छ।
‘एसिलेरेट इन्टु द फ्युचर’ नाम दिइएको नयाँ योजनाले स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड डीपल इभी खरिद गर्न ग्राहकलाई प्रक्रियालाई निकै सहज बनाउने जनाइएको छ।