ग्रीन डेभलपमेन्ट बैंकको सीइओमा बुढाथोकीलाई निरन्तरता, दोस्रो कार्यकालका लागि पाए नियुक्ति

बिजमाण्डू
२०८१ फागुन २८ गते ११:०८ | Mar 12, 2025
ग्रीन डेभलपमेन्ट बैंकको सीइओमा बुढाथोकीलाई निरन्तरता, दोस्रो कार्यकालका लागि पाए नियुक्ति

काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा हरिबहादुर बुढाथोकीले निरन्तरता पाएका छन्।

Tata
GBIME

बुढाथोकी दोस्रो कार्यकालका लागि बैंकको सीइओ नियुक्त भएका छन्। बैंक संचालक समितिको मंगलबार बसेको बैठकले उनलाई पुन: नियुक्त गर्ने निर्णय गरेको हो।

उनले चैत १ देखि लागू हुने गरी थप चार वर्ष बैंकको व्यवस्थापकीय नेतृत्व गर्नेछन्। उनको चार वर्षे पहिलो कार्यकाल बिहीबार सकिंदै थियो।