रिलायबल क्यापिटलले रिलायबल समृद्धि योजना ल्याउँदै, १० रुपैयाँ दरका एक अर्बको इकाई

बिजमाण्डू
२०८१ फागुन २८ गते ०९:४२ | Mar 12, 2025
रिलायबल क्यापिटलले रिलायबल समृद्धि योजना ल्याउँदै, १० रुपैयाँ दरका एक अर्बको इकाई

काठमाडौं। रिलायबल क्यापिटल इन्भेष्टमन्ट एण्ड मर्चेन्टले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) रिलायबल समृद्धि योजनाको इकाई निष्कासन गर्ने भएको छ।

Tata
GBIME

क्यापिटलले २०८२ वैशाख ३ गतेदेखि प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई सार्वजनिक निष्कासनमा ल्याउने भएको हो।

क्यापिटलले कुल निष्कासनको १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणमा बिक्री गर्ने जनाएको छ।

लगानीकर्ताले रिलायबल समृद्धि योजनामा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ।

इकाई निष्कासन बिक्री अवधि छिटोमा वैशाख ७ गते र ढिलोमा १७ गतेसम्म खुला रहनेछ। रिलायबल समृद्धि योजना १० वर्षे बन्दमुखी योजना हो। कोषको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ।