काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन परेको छ।
इन्स्योरेन्सले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री खुलाएको थियो। तर, २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रुपैयाँ बराबरको आइपीओ माग गर्दै २० लाख ४८ हजार ५३८ आवेदन परेको हो।
इन्स्योरेन्सको आइपीओमा मागभन्दा १२.२७ गुणा बढी आवेदन परेकाले अधिकांशको हात रित्तो हुनेछ। सीडीएस एण्ड क्लियरिङका अनुसार १८ लाख ६४ हजार आवेदकको हात खाली हुनेछ। इन्स्योरेन्सको आइपीओ १ लाख ८४ हजार ५०० आवेदकले मात्रै १०/१० कित्ताका दरले हात पार्नेछन्।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरले न्यूनतम सेयर निष्कासन गरेको थियो। इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरुलाई २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको थियो।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति लिएको थियो।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल छ। गत असारसम्म कम्पनीको प्रति सेयर आम्दानी २.४१ रुपैयाँ थियो। यस वर्ष ७.७४ रुपैयाँ पुग्ने अनुमान गरेको छ।
त्यस्तै, पोहोर ८८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण पेस गरेको कम्पनीले यस वर्ष २ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गर्ने अनुमान गरेको छ।