नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीले २४.६६ करोड बराबरको बोनस सेयर पाउने

बिजमाण्डू
२०८१ फागुन २५ गते १०:५१ | Mar 9, 2025
नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीले २४.६६ करोड बराबरको बोनस सेयर पाउने

काठमाडौं। नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शनिबार बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME

इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट २४ करोड ६६ लाख ३६ हजार २९० रुपैयाँ बराबरको बोनस सेयर प्राप्त गर्नेछन्। इन्स्योरेन्सले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणको स्वीकृति र साधारण सभाबाट पारित भएपछि कम्पनीका सेयरधनीले लाभांश पाउनेछन्।