एमबीएल इक्विटी फण्डको १.२० अर्बको इकाई बिक्री खुला, फागुन २६ गतेसम्म आवेदन दिन सकिने

बिजमाण्डू
२०८१ फागुन २२ गते ०९:५५ | Mar 6, 2025
एमबीएल इक्विटी फण्डको १.२० अर्बको इकाई बिक्री खुला, फागुन २६ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) एमबीएल इक्विटी फण्डको इकाई बिक्री खुलाएको छ।

Tata
GBIME

क्यापिटलले बिहीबारदेखि अंकित मूल्य प्रति इकाई १० रुपैयाँ दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन गरेको हो।

१ करोड ६८ लाख इकाई कोष प्रबर्धक कम्पनी माछापुच्छ्रे बैंक र १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरि बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणका लागि निष्कासन गरेको क्यापिटलले जनाएको छ।

एमबीएल इक्विटी फण्ड १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो। लगानीकर्ताले फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्मका लागि फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस अवधिमा सबै इकाई बिक्री नभएमा निष्कासन अवधि चैत ७ गतेसम्म खुला रहनेछ। फण्डको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।