सानिमा रिलायन्स लाइफको लाभांश घोषणा, सेयरधनीलाई ९.२४ प्रतिशत प्रतिफल दिने

बिजमाण्डू
२०८१ फागुन १३ गते १०:३५ | Feb 25, 2025
सानिमा रिलायन्स लाइफको लाभांश घोषणा, सेयरधनीलाई ९.२४ प्रतिशत प्रतिफल दिने

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

Tata
GBIME

सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ९.२४ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्सका सेयरधनीले चुक्ता पुँजीको १.२४ बोनस सेयर र ८ प्रतिशत नगद लाभांश पाउनेछन्। कम्पनीको चुक्ता पुँजी हाल ४ अर्ब ९५ करोड रुपैयाँ छ।

प्राधिकरणको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्रतिफल पाउनेछन्। इन्स्योरेन्सले २०७९/८० को मुनाफाबाट १८.३८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।