हिमालयन डिष्टिलरी र डिप्रोक्स लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत, कसको कति कित्ता?

बिजमाण्डू
२०८१ फागुन ११ गते १६:४५ | Feb 23, 2025
हिमालयन डिष्टिलरी र डिप्रोक्स लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत, कसको कति कित्ता?

काठमाडौं। नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। हिमालय डिष्टिलरी र डिप्रोक्स लघुवित्तको बोनस सेयर आइतबार नेप्सेमा थपिएको हो।

Tata
GBIME

हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोन सेयर वितरण गरेको थियो। कम्पनीको ४० लाख ८ हजार ७८४.९७ कित्ता सेयर थपिएको छ।

बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, डिप्रोक्स लघुवित्तको १६ लाख २० हजार ८८७.१३ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

लघुवित्तले पोहोरको मुनाफाबाट सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर दिएको थियो। बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ पुगेको छ।