नेको इन्स्योरेन्सले हकप्रद सेयरको बिक्री खुलायो, आवेदन दिने म्याद फागुन २८ सम्म

बिजमाण्डू
२०८१ फागुन ८ गते ११:३७ | Feb 20, 2025
नेको इन्स्योरेन्सले हकप्रद सेयरको बिक्री खुलायो, आवेदन दिने म्याद फागुन २८ सम्म

काठमाडौं। नेको इन्स्योरेन्सले हकप्रद सेयरको बिक्री खुलाएको छ। इन्स्योरेन्सले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयरको बिक्री खुलाएको हो।

Tata
GBIME

सेयरधनीले अंकित मूल्य १०० रुपैयाँमा फागुन २८ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। माघ १५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन्।

इन्स्योरेन्सको चुक्ता पुँजी हाल २ अर्ब १ करोड २३ लाख रुपैयाँ छ। कम्पनीले चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २.५ अर्ब रुपैयाँ तोकेको छ। प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गर्न इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ।