
काठमाडौं। सेयर बजार परिसूचक बिहीबार ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा आएको छ।
कारोबारमा आएका फाइनान्स, इन्भेष्टमेन्ट र माइक्रोफाइनान्स बाहेकका उपसमूहले बजार घटाएका हुन्। नेप्से घट्दा फाइनान्सको सूचक १.८६ प्रतिशतले बढेको छ।
बजारमा १६२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। ङादी हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
७६ कम्पनीको सेयर मूल्य बढेको छ। ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। मातृभूमि लघुवित्त, कुमारी सबल योजना, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको मूल्यमा सकारात्मक सर्किट लागेको हो।
७ अर्ब ९२ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३४ करोड १४ लाख, सीइडीबी होल्डिङ्सको २६ करोड ८९ लाख र राधी विद्युत कम्पनीको २० करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।