हिमालयन डिष्टिलरीको नाफामा उल्लेख्य सुधार, ६ महिनामा कमायो ४० करोड ५९ लाख

बिजमाण्डू
२०८१ माघ २९ गते १०:२८ | Feb 11, 2025
हिमालयन डिष्टिलरीको नाफामा उल्लेख्य सुधार, ६ महिनामा कमायो ४० करोड ५९ लाख


काठमाडौं। हिमालयन डिष्टिलरीले ६ महिनामा ४० करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले यो वर्ष पुससम्म कमाएको मुनाफा पोहोर सोही अवधिको तुलनामा १४७.४२ प्रतिशतले धेरै हो।

Tata
GBIME
NLIC

कम्पनीले गत वर्ष पुससम्म १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको व्यापार ५९.६९ प्रतिशतले बढेको छ। कम्पनीको वित्तीय लागत घटेको छ।

हिमालयन डिष्टिलरीको दुई आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी(हजारमा)३०७३४०१२६७२५२३१५
रिजर्भ(हजारमा)५५३३०८४८१५०११४.९१
सञ्चालन आम्दानी(हजारमा)३०३२२३२१८९८८१६५९.६९
उत्पादन खर्च (हजारमा)८९९९७५५०६२६३.४५
वित्तीय लागत(हजारमा)६५५७०७-७.३६
खुद नाफा(हजारमा)४०४९१९१६३६५५१४७.४२
प्रति सेयर आम्दानी(रुपैयाँ)२६.३५१०.६५१४७.४२
प्रति सेयर नेटवर्थ(रुपैयाँ)११८११८.०२-०.०२