
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का कर्मचारीले प्रमुख कार्यकारी अधिकृत(सीइओ) नियुक्तिमा चासो देखाएका छन्।
नेप्सेका कर्मचारीले हालका सीइओ कृष्ण कार्कीको म्याद सकिनै लाग्दा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेकाले पुँजी बजारको ज्ञान भएको व्यक्तिलाई नियुक्त गर्न कर्मचारीले माग गरेका छन्।
नेप्से कर्मचारी संघले मंगलबार विज्ञप्ति जारी गरेर व्यावसायिक दक्षता भएको र नैतिकवान व्यक्तिलाई सीइओ बनाउन अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।
नेप्सेका सीइओ कार्कीको कार्यकाल यही माघ २५ गते सकिंदैछ। कर्मचारीले नेप्सेको पुनर्संरचना गराउनुपर्ने भन्दै सक्षम नेतृत्वको आवश्यकता औंल्याएका छन्।
‘अब नियुक्त गरिने नेप्सेका प्रमुख कार्यकारी अधिकृत पुँजी बजारको विषयमा ज्ञान सिप, व्यावसायिक क्षमता भएको नैतिकवान साथै पुँजी बजारको विकास, लगानीकर्ताको हित संरक्षणमा प्रतिबद्ध र नेप्सेको पुनर्संरचना कार्य गर्न/गराउन सक्ने व्यक्ति छनोट गरी पठाउन अनुरोध गर्दछौं,’ कर्मचारी संघले भनेको छ।
