नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० विन्दुमा, ११ अर्ब ८७ करोडको सेयर किनबेच

बिजमाण्डू
२०८१ माघ २१ गते १५:३९ | Feb 3, 2025
नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० विन्दुमा, ११ अर्ब ८७  करोडको सेयर किनबेच


काठमाडौं। आइतबार उच्च अंकले बढेको सेयर बजार सोमबार २.४१ अंकले बढेर २७३० विन्दुमा पुगेको छ।

Tata
GBIME
NLIC

कारोबारमा आएका विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन्।

निर्जीवन बीमाको सूचक सर्वाधिक ०.८२ प्रतिशतले बढेको छ। बैंकिङ सूचक ०.५४ प्रतिशतले उकालो लागेको छ। ९७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। उपकार लघुवित्त र भूगोल इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ। ग्रीन डेभलपमेन्ट र रिभर फल्स पावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो।

आइतबारको तुलनामा कारोबार रकममा गिरावट आएको छ। आइतबार १२ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएकामा सोमबार ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको सर्वाधिक ३५ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ।