ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ खुल्यो, वैदेशिक रोजगारले आवेदन दिन पाउने

बिजमाण्डू
२०८१ माघ २१ गते १०:२६ | Feb 3, 2025
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ खुल्यो, वैदेशिक रोजगारले आवेदन दिन पाउने


कठमाडौं। ओम मेगाश्री फर्मास्युटिकल्सले सोमबारदेखि आइपीओ बिक्री खुलाएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सेयर बिक्री खुलाएको हो।

Tata
GBIME
NLIC

कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुका लागि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर छुट्याएको छ। त्यस्तै, कम्पनीले ९० हजार कित्ता सेयर सामूहिक लगानी कोष र ५४ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ।

आइपीओमा फागुन ५ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता कुल आइपीओ निष्कासन गर्न लागेको हो।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्नेछ।

ओम मेगाश्री उत्पादन तथा प्रशोधन क्षेत्रको कम्पनी हो। पोहोर फागुनमा करिब सवा अर्ब लगानीमा स्थापना भएको कम्पनीले ‍औषधि उत्पादन गर्दै आएको छ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ। फर्मास्युटिकल्सको उत्पादन कारखाना चितवनको जुगेडीमा छ।