फाइनान्स कम्पनीको सेयरमा ‘लोक्याप फर्मुला’ले गर्न छोड्यो काम, मूल्यमा ७३% सम्म गिरावट

बिजमाण्डू
२०८१ माघ १७ गते १५:१८ | Jan 30, 2025
फाइनान्स कम्पनीको सेयरमा ‘लोक्याप फर्मुला’ले गर्न छोड्यो काम, मूल्यमा ७३% सम्म गिरावट


काठमाडौं। नेप्सेको बुलिस ट्रेन्डमा अस्वाभाविक बढेका फाइनान्सको सेयर मूल्यमा व्यापक गिरावट आएको छ।

Tata
GBIME
NLIC

फण्डामेन्टल’ सूचक बलियो नभइ उचालिएका कम्पनीको सेयरमा लगानी गर्नेहरुले अहिले सबैभन्दा धेरै गुमाइरहेका छन्। सेयर मूल्य उचाल्न सक्रिय समूहको पछि लागेर पैसा खन्याएका लगानीकर्ताले साढे ५ महिनाको अवधिमा ७३ प्रतिशतसम्म नोक्सानी झेल्नुपरेको छ।

साउन मसान्तमा नेप्से ३००० विन्दुमा उक्लिंदा सबैभन्दा धेरै मूल्य बढ्नेमा फाइनान्स कम्पनी थिए। अहिले बजार २६५७ अंकमा आइपुग्दा फाइनान्स उपसमूह निरन्तर बियरिस छ।

बजार बढ्दा इन्डेक्स नै हल्लाइरहेको फाइनान्सको सूचक दोस्रो त्रैमासको वित्तीय विवरण बाहिरिएपछि कमजोर बनेको छ। खराब वित्तीय अवस्थाको प्रभाव फाइनान्समा कतिसम्म देखिएको छ भने ‘लोक्याप फर्मुला’ले समेत काम गर्न छोडेको छ।

साउन २९ गते २६३४ रुपैयाँ पुगेको नेपाल फाइनान्सको सेयर मूल्य अहिले प्रति कित्ता ७१५ रुपैयाँमा झरेको छ। यस्तै अवस्था गोर्खाज फाइनान्समा देखिएको छ। साउन ३१ गते १०४१ रुपैयाँ पुगेको कम्पनीको सेयर मूल्य मंगलबार ५९४ रुपैयाँमा आएको छ। जानकी फाइनान्स, समृद्धि फाइनान्स र गुडविल फाइनान्सको पनि अवस्था उही छ।

मूल्य उचाल्ने समूहको पछि लागेका फाइनान्सका लगानीकर्ता यतिखेर सबैभन्दा धेरै गुमाउनेमा परेको ब्रोकरहरु बताउँछन्।

‘असारमा सत्ता समीकरण फेरिएपछि सेयर बजारमा ननफण्डामेन्टल स्टक चलाइएको थियो। अहिले तिनैका लगानीकर्ताले धेरै गुमाएका छन्। हल्लाको भरमा चल्ने हाम्रो जस्तो बजारका लागि यो अस्वाभाविक होइन्,’ एक ब्रोकरले भने, ‘तर, बजारबारे केही थाहा नभएका लगानीकर्ता जसले फाइनान्समा लगानी गरे उनीहरु डुबे।’

चालु आर्थिक वर्ष पुस मसान्तसम्म फाइनान्सको वित्तीय अवस्था र सेयर मूल्य

फाइनान्सखुद नाफा रु हजारमाखराब कर्जा %पुँजी कोष %प्रति सेयर आम्दानी (रुपैयाँ)प्रति सेयर नेटवर्थ (रुपैयाँ)माघ १५ गतेको सेयर मूल्य (रुपैयाँ)
पोखरा-६५००३१३३.४४-३.२-५८.९३५३.९७३९२
नेपाल२०५०४१०.४६३२.४५५.६२१३७.०७७१५
सेन्ट्रल३४९०११.९४१७.४५०.७४१३३.४९५१०
समृद्धि-६२८२२१९.३४१२.१७-७.६७५६०
आईसीएफसी१०९१३२३.०७१२.९९१८.४४१६६.१८६३१
गुडविल१०४८९६.७७१३.१९२.२२१९८.९७७२१
गुहेश्वरी-२१८८१८.१८१६.४३-२.१६१४८.५९४८६
श्रीइन्भेष्टमेन्ट१४१६०३.७११६.५२२.८३१३६.१३५२८
गोर्खाज-२५९८३.०६१०.०३-०.६१५६.०८५९४
मञ्जुश्री११७०७९३.८६१४.९२१७.३३१६६.२१६२७
बेस्ट-१७२६२३.८६१४.३९-३.८८१३१.६८६१४
प्रोग्रेसिभ८५३५०७.५७१०.७२२०.१३७५.१४५४७
मल्टिपर्पस२००३८५.४५१९.६१११६.३३६.५७६४५
रिलायन्स-११९७३९१४.३११०.८९-२१.३५९७.१९५०५
स्रोत: कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण

फाइनान्सको मूल्य अहिले जसरी ओरालो लागिरहेको छ, विकास बैंकहरुमा त्यसैगरी उछलकुद देखिएको छ। बजारमा सेयर संख्या थोरै भएका कम्पनीको मूल्य उचाल्न लोक्याप फण्डा निरन्तरजसो चलिरहेको छ।

‘लोक्यापमा अहिले सेक्टर मुभ छ। पहिले फाइनान्स थियो। अहिले त्यसलाई छोडेर विकास बैंक र हाइड्रोपावरतिर चलाइ राखेको देखिन्छ,’ एक मर्चेन्ट बैंकरले भने।

फाइनान्सको खराब कर्जा औसतमै १० प्रतिशत माथि छ। दोस्रो त्रैमासमा अधिकांशको नाफामा गिरावट आएको छ। ६ वटा फाइनान्स घाटामा छन्। खराब कर्जा चुलिएका केही फाइनान्सलाई राष्ट्र बैंकले शीघ्र सुधारामात्मक कारबाही थालेको छ।

‘बजार बढ्न नसकिरहेको अवस्थामा केही फाइनान्सको वित्तीय अवस्थालाई लिएर समग्र फाइनान्स नै बिग्रिएको हो कि भन्ने लगानीकर्तामा परेर मूल्य घटेको देखिन्छ,’ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले भने, ‘नेपाल राष्ट्र बैंकले एक दुईवटा फाइनान्स कम्पनीलाई कारबाही गरेपछि त्यसको असर सबै फाइनान्सतिर परेको देखिन्छ।’