नेप्सेले सार्वजनिक गर्‍यो मार्जिन कारोबारका लागि योग्य १०२ कम्पनीको सूची, कुन-कुन परे?

बिजमाण्डू
२०८१ माघ १५ गते १९:२९ | Jan 28, 2025
नेप्सेले सार्वजनिक गर्‍यो मार्जिन कारोबारका लागि योग्य १०२ कम्पनीको सूची, कुन-कुन परे?


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये १०२ वटा मात्रै मार्जिन कारोबारका लागि योग्य देखिएका छन्। नेप्सेले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको सूची मंगलबार निकालेको छ।

Tata
GBIME
NLIC

हाल नेप्सेमा सूचीकृत कम्पनीको संख्या २६७ छ। सूचीकृत आधाभन्दा धेरै कम्पनी मार्जिन कारोबारका लागि अयोग्य देखिएका हुन्। यसअघि नेप्सेले सार्वजनिक गरेको सूचीमा ११२ वटा कम्पनी थिए।

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ अनुसार मापदण्ड पूरा गरेका कम्पनीहरुलाई मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा राखिएको नेप्सेले जनाएको छ।