विकास बैंकले उचाल्यो सेयर बजार, नेप्से २४.५० अंकले बढ्दा ९ अर्ब ४० करोडको कारोबार

बिजमाण्डू
२०८१ माघ १५ गते १५:१८ | Jan 28, 2025
विकास बैंकले उचाल्यो सेयर बजार, नेप्से २४.५० अंकले बढ्दा ९ अर्ब ४० करोडको कारोबार


काठमाडौं। सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ। तीन दिन लगातार घटेको नेप्से परिसूचक मंगलबार २४.५० अंकले वृद्धि भएर २६५७.७७ विन्दुमा पुगेको छ।

Tata
GBIME
NLIC

माघ १० यताका तीन कारोबार दिनमा नेप्से ३१ अंकले घटेकामा मंगलबार कारोबारमा आएका सबै समूहले बजार बढाएका हुन्।

विकास बैंकको सूचक सर्वाधिक ४.७ प्रतिशतले बढेको छ। फाइनान्सको सूचक १.८८, हाइड्रोपावरको १.४९ र अन्य समूहको सूचक १.७४ प्रतिशतले बढेको छ।

१७७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। ६० कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

डोल्टी पावरको सेयर मूल्य सबैभन्दा धेरै ८.४३ प्रतिशतले घटेको छ।

बजारमा ९ अर्ब ४० करोड २६ लाख रुपैयाँको सेयर कारोबार हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै ३८ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यस्तै, नेपाल रिइन्स्योरेन्सको २९ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २८ करोड ८७ लाख र हिमालयन पावर पार्टनरको १९ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।