
काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले लिलाम बढाबढ प्रक्रियामार्फत हकप्रद सेयर बिक्री गर्ने भएको छ। कम्पनीले माघ २१ गतेदेखि अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको हो।
इन्स्योरेन्सले १ बराबर ०.८८ अनुपातमा हकप्रद सेयर निष्कासन गरेकोमा बिक्री नभएपछि लिलामीमा ल्याउन लागेको जनाएको छ। कम्पनीले सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो।
सेयर खरिदका लागि इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
फागुन ५ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। सेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ। इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड हो।