सेयर बजारमा लगातार तेस्रो दिन सुधार, नेप्से ५.०८ अंकले बढ्दा ६.१९ अर्बको कारोबार

बिजमाण्डू
२०८१ माघ ८ गते १५:२२ | Jan 21, 2025
सेयर बजारमा लगातार तेस्रो दिन सुधार, नेप्से ५.०८ अंकले बढ्दा ६.१९ अर्बको कारोबार


काठमाडौं। सेयर बजार परिसूचक लगातार तेस्रो दिन बढेको छ। नेप्से मंगलबार ५.०८ अंकले बढेर २६१३.०८ विन्दुमा पुगेको छ।

Tata
GBIME
NLIC

बैंक, फाइनान्स, हाइड्रोपावर, म्युचुअल फण्ड र व्यापारबाहेकका उपसमूहले नेप्से बढाएका हुन्। अन्य उपसमूहको सूचक सबैभन्दा धेरै २.७९ प्रतिशतले उकालो लागेको छ। जीवन र निर्जीवन बीमा उपसमूहको सूचक पनि एक प्रतिशतभन्दा धेरै बढेको छ।

व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.१० प्रतिशतले ओरालो लागेको छ। १०६ कम्पनीका लगानीकर्ताले कमाउँदा १२९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। धेरै कमाउनेमा मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ता छन्। रिभर फल्स पावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।

बजारमा ६ अर्ब १९ करोडको सेयर किनबेच भएको छ।