आइएमएस ग्रुप आइटी व्यवसायमा आक्रमक, डिजेआइ ब्राण्डका ड्रोन नेपाली बजारमा विक्री सुरु

बिजमाण्डू
२०७५ असोज १५ गते १८:४४ | Oct 1, 2018
आइएमएस ग्रुप आइटी व्यवसायमा आक्रमक, डिजेआइ ब्राण्डका ड्रोन नेपाली बजारमा विक्री सुरु


काठमाडौं। ड्रोन उत्पादक कम्पनी डिजेआइको अधिकृत विक्रेता आइएमएस ग्रुपले ड्रोन विक्री सुरु गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीले माभिक टु जुम, स्पार्क कन्ट्रोलर कम्बो ह्वाइट, माभीक एयर ब्ल्याक, माभिक एयर ह्वाइट, टेल्लो ग्लोवल, फ्यान्टोम फोर प्रो भी २.०, स्पार्क फ्लाइ मोर कम्बो रेड, टेल्लो बुस्ट कम्बो, ओस्मो मोवाइल टु, ओस्मो मोवाइल टु पार्ट वन बेस लगायत अन्य १० उत्पादन पनि नेपालमा छिट्टै उपलब्ध गराउने जनाएको छ। 

कम्पनीका अनुसार ग्राहकले उक्त सामान स्मार्ट डोको अनलाइन मार्फत खरिद गर्न सक्नेछन्। डिजेआइ कम्पनीले विश्वभर ७० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले बताएको छ। डिजेआइले क्यामेरा ड्रोन, एरियल फोटोग्राफीको स्ट्रेपलाइजर लगायत विश्वबजारमा विक्री गर्दै आएको विज्ञप्तिमा उल्लेख छ। 

'फेरी पनि अर्को अन्तर्राष्टंरिय ब्राण्डको विक्रेता हुँदै डिजेआइ ड्रोन नेपाली बजारमा भित्र्याउन पाएकोमा हामी खुसी छौँ।‘ आइएमएस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दीकेश मलहोत्राले भने, ‘भिडीयोग्राफी र फोटोग्राफीको बढ्दो माग भएको विकासोन्मुख डिजीटल जमानामा ड्रोन व्यवसाय प्रति हामी एकदमै सकारात्मक छौँ।‘