तेलको भाउ घट्दा साउदीको बजेट घाटा साढे २ खर्ब डलर, चार वर्षभित्र बजेट सन्तुलनमा ल्याउने

रासस
२०७५ असोज १५ गते ०९:४० | Oct 1, 2018
तेलको भाउ घट्दा साउदीको बजेट घाटा साढे २ खर्ब डलर, चार वर्षभित्र बजेट सन्तुलनमा ल्याउने



रियाद। साउदी अरबले आफ्नो बजेट घाटालाई आगामी सन् २०२३ सम्म सन्तुलनमा ल्याउने आइतबार जनाएको छ । तेलको मुल्य वृद्धिका कारण राजतन्त्रात्मक खाडी मुलुकमा राजस्व सङ्कलन र खर्चबीच असन्तुलन रहँदै आएको छ ।

Vigo
GBIME
Tata

बजेट घाटालाई क्रमशः घटाउँदै लाने र सन् २०२३ सम्ममा सन्तुलनमा ल्याउने अपेक्षा सरकारले गरेको छ, अर्थमन्त्रालय अन्तर्गतको अर्थनीति विभागका प्रमुख साद अल्साहरानीलाई उद्धृत गर्दै साउदी अरबको राज्य सञ्चालित सन्चार संस्था, साउदी प्रेस एजेन्सीले जनाएको छ ।

कच्चा तेलको निर्यातका लागि विश्वको प्रमुख राष्ट्र साउदी अरबले सन् २०१४ मा तेलको भाउमा आएको गिरावटका कारण २ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरको बजेट घाटा व्यहोर्दै आएको छ ।

सन् २०१६ मा बजेट घाटा कुल ग्राहस्थ उत्पादनको १७.२ प्रतिशत रहेकोमा सन् २०१७ मा झरेर ९.३ प्रतिशत पुगेको अन्तराष्ट्रिय मुद्रा कोषको तथ्याङ्कमा देखिएको छ ।

 अल्साहरानीले भने, “सरकारले बजेट र खर्चको अन्तरलाई संरचनागत सुधारका माध्यमबाट घटाउँदै लाग्नेछ ।”  साउदी नागरिकलाई रोजगारी दिँदै सरकारको खर्चमा पुनः मुल्याङ्कन गर्दै जाने पनि उनले बताए।

साउदी अरबले पछिल्ला बर्षहरूमा आम्दानीका स्रोतलाई व्यापक रूपमा विस्तार गर्दै गएको छ । उसले प्रवासी कामदारबाट शुल्क उठाउने साथै इन्धन तथा विद्युतको मुल्य बढाउनेजस्ता आम्दानीका स्रोतबाट बजेट घाटालाई व्यापक रूपमा सुधार गर्दै आएको छ ।उसले स्थानीयलाई रोजगारीका अबसर दिँदै विदेशीलाई विस्थापित गर्ने कार्यक्रमलाई पनि अघि सारेको छ ।