नेपाल वायुसेवा निगम आन्तरिक सेवामा आक्रामक, स्टोल र ट्रङ्क रुटमा चिनियाँ जहाजले उडान भर्ने



वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ असोज १२ गते १८:२४ | Sep 28, 2018
नेपाल वायुसेवा निगम आन्तरिक सेवामा आक्रामक, स्टोल र ट्रङ्क रुटमा चिनियाँ जहाजले उडान भर्ने



काठमाडौं। नेपाल वायुसेवा निगमले चिनियाँ जहाजमार्फत स्टोल रुट र ट्रङ्क रुटमा व्यवसायिक उडान सुरु गर्ने भएको छ।

Vigo
GBIME
Tata

निगमसँग भएको चारवटा १७ सीटे वार्इ १२-इ र दुईवटा ५८ सीटे एमए ६०(मोर्डन आर्क)मार्फत व्यवसायिक उडान गर्ने प्रवक्ता अशोक सिग्देलले जानकारी दिए। निगमसँग भएको दुईवटा ५८सीटे एमए-६० सिरिजको जहाज केही महिना विग्रिएर थन्किएको थियो। सिग्देलका अनुसार दुई मध्ये एक साता अगाडि विग्रिएको जहाज आज बेलुका सम्म मर्मत सम्भार गरिनेछ भने अर्को जहाजको 'ब्लेड' आउन समय लाग्ने कारण मर्मत सम्भार हुन थप समय लाग्नेछ। दशैं अगाडिसम्म दोस्रो जहाज मर्मत गरेर नियमित उडान भर्ने योजना रहेको उनले बताए। 

जहाजले भद्रपुर, विराटनगर , धनगढी र नेपालगञ्जमा नियमित उडान सुरु गर्ने उनले जानकारी दिए। ' इन्जिनियरिङ विभागले आज बेलुकासम्म रिलिज गर्ने भनेका छन्। आज रिलिज भयो भने आइतबारदेखि आइतबारबाट व्यवसायिक उडान सुरु हुनेछ।' उनले भने। निगमको १७ सीटे जहाजले सिमरा, पोखरा र भैरहवामा नियमित उडान गर्दै आएको उनले जानकारी दिए।

वाइ १२-इ ले गत मंगलबार र बुधबार सफल परीक्षण उडान गरिसकेपछि निगमले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई  विवरण पेश गर्ने सिग्देलले जानकारी दिए। विवरण बुझाएपछि प्राधिकरणबाट उडान गन्तब्य अनुमति आउन एक साता लाग्ने उनले बताए। प्राधिकरणको रिपोर्टअनुसार दशैं अगाडि ग्रामीण विमानस्थलमा उडान भर्ने सिग्देलले बताए।

निगमले गत मंगलबार लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा सफल परिक्षण उडान गरेको थियो भने बुधबार हुम्लाको सिमीकोट, डोल्पाको जुफाल, मुगुको ताल्चा लगायत चारवटा विमानस्थलमा सफल उडान गरेको थियो। सरकारले ०६९ मंसिरमा दुईवटा जहाज अनुदानमा पाउने र चारवटा जहाज तीन अर्ब ५० करोड रुपैयाँमा खरिद गर्ने सम्झौता गरेको थियो।