अक्टोबरदेखि १८ घण्टाको व्यावसायिक उडान गर्दै सिंगापुर एयरलाइन्स, अहिलेसम्मकै लामो उडानको दाबी



बिजमाण्डू
२०७५ असोज ११ गते १७:५६ | Sep 27, 2018


काठमाडौं। सिंगापुर एयरलाइन्सले अक्टोबरदेखि हवाईजहाजमार्फत अहिलेसम्मकै लामो व्यावसायिक उडान गर्ने भएको छ।

Tata
GBIME

एयरबस ३५०-९०० अल्ट्रा लङ रेन्ज एयरक्राफ्टमार्फत अक्टोबर ११ तारिखदेखि १८ घण्टम ४५ मिनेट सिंगापुर-न्यूयोर्कसम्मको व्यावसायिक उडान भर्ने एयरबसले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

कम्पनीका अनुसार यति लामो दुरीको व्यावसायिक उडान विश्वमै पहिलो पटक हुन लागेको हो।    

कम्पनीका अनुसार यसअघि कतार एयरवेजले दोहा-कतार र अकल्याण्ड-न्यूजियल्याण्डसम्म कायम गर्दै आएको लामो हवाई दूरीको रेकर्ड तोड्नेछ।

‘अहिलेको योजनाले एयरबस र सिंगापुरबीच कोसेढुंगा सावित गर्नेछ। हामी एयरबस र सिंगापुर एयरलाइन्सको सहकार्यमा हवाईसेवामा 'ननस्टप च्याप्टर सुरु गर्न लागेका छौँ।' एयरबसका प्रमुख कार्यकारी अधिकृत टम एन्डर्सले भने।

उनका अनुसार सिङ्गापुर एयरलाइन्सले लस एन्जल्स र सानफ्रान्सिस्को लगायत थप दुईवटा रुटमा उडान भर्नेछ।

सिङ्गापुर एयरलाइन्सले प्रयोग गर्न लागेको एयरबस ३५०-९०० अल्ट्रा लङ रेन्ज एयरबस ३५०-९०० एयरक्राफ्टमार्फत विकास गरिएको कम्पनीले बताएको छ।

एयरबस ३५०-९०० अल्ट्रा लङ रेन्ज एयरबसको हवाई इन्धन क्षमता २४ हजार लिटरबाट विस्तार गरी एक लाख ६५ हजार लिटर क्षमता समावेश गरिएको कम्पनीले बताएको छ।