व्यावसायिक शिक्षामा कोरियाको ५५ करोड रुपैयाँ सहयोग, सिटिइभिटीमार्फत कार्यान्वयन गरिने



बिजमाण्डू
२०७५ असोज १० गते १७:४१ | Sep 26, 2018

काठमाडौं। प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम कार्य्रकमको क्षमता विकासका लागि दक्षिण कोरिया सरकारले नेपाललाई करिब ५५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

Vigo
GBIME
Tata

यससम्बन्धि समझदारीपत्रमा अर्थ मन्त्रालयका सचिव डा राजन खनाल र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले हस्ताक्षर गरेका छन्। 

नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम कार्य्रकमको गुणस्तर सुधारमा यो रकम खर्च हुनेछ। गुणात्मक र प्रतिस्पर्धी शैक्षिक कार्यक्रम अघि बढाउन यसले सहयोग गर्ने विश्वास लिइएको छ।

यो सहयोगबाट दुई वर्षे कार्यक्रम सञ्चालन हुनेछ। शिक्षा मन्त्रालयअन्तर्गत व्यावसायिक तालिम तथा सीप विकास परिषदबाट कार्यक्रम कार्यान्वयनमा आउनेछ।