लक्ष्मी सनराइज बैंकको २४औं साधारण सभा सम्पन्न, ५ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव पारित

बिजमाण्डू
२०८१ पुष २४ गते १६:३१ | Jan 8, 2025
लक्ष्मी सनराइज बैंकको २४औं साधारण सभा सम्पन्न, ५ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव पारित

काठमाडौं। लक्ष्मी सनराइज बैंकको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

Tata
GBIME

बैंकले बुधबार भएको साधारण सभाले सेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

यो प्रस्ताव पारितसँगै बैंकको चुक्ता पुँजी अब २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

साधारण सभाले संचालक समितिको गत आर्थिक वर्षको प्रतिवेदन तथा वित्तीय विवरण छलफल गरी स्वीकृत गरेको छ। यस्तै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरेको छ।