शनिबार मात्रै साढे ८ लाख लिटर पेट्रोल काठमाडौंमा बाँडिदै, निगमले भन्यो, ‘अब अभाव अन्त्य हुन्छ’

बिजमाण्डू
२०७५ असोज ६ गते ११:२३ | Sep 22, 2018
शनिबार मात्रै साढे ८ लाख लिटर पेट्रोल काठमाडौंमा बाँडिदै, निगमले भन्यो, ‘अब अभाव अन्त्य हुन्छ’


काठमाडौं। नेपाल आयल निगमले शनिबारका लागि काठमाडौं उपत्यकामा मात्रै ठुलो परिमाणमा पेट्रोल र डिजले वितरण गरेको जनाएको छ। 

Vigo
GBIME
Tata

निगमले थानकोट डिपोबाट शनिबारका लागि ८ लाख २९ हजार लिटर पेट्रोल र ८ लाख ८० हजार लिटर डिजेल वितरण गरिएको निगमले जनाएको छ। 

निगमले यो परिमाणको इन्धन काठमाडौं उपत्यकामा वितरण गरिएपछि पेट्रोलियम पदार्थिको आपूर्तिमा देखिएको असहजता अन्त्य गर्न सहयोग पुग्ने पनि जनाएको छ। 

चार दिनदेखि चालकले हड्ताल गरेका कारण उपत्यकामा तेल अभाव भएपछि निगमले विदाको दिनमा समेत वितरण गरेको हो। 
थानकोट डिपोले शुक्रबार ५ लाख ८ हजार लिटर पेट्रोल र  ५ लाख ३६ हजार लिटर डिजल वितरण गरेको थियो।