
काठमाडौं। सेयर बजारमा कारोबार हुनेमध्ये यसपालि जम्मा २९ प्रतिशत कम्पनीको लाभांश आको छ। आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट अहिलेसम्म ७७ कम्पनीले लाभांश घोषणा गरेका छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २६८ कम्पनी सूचीकृत रहेकामा हालसम्म ७७ वटाले सेयरधनीलाई प्रतिफल दिने निर्णय गरेका हुन्।
तीमध्ये कतिपयले साधारण सभाबाट लाभांश प्रस्ताव स्वीकृत गरिसकेका छन्।
सेयरधनीलाई मुनाफा दिनेमा ११ वटा वाणिज्य बैंक छन्। उत्पादन तथा प्रशोधन क्षेत्रका ६ र होटल तथा पर्यटन क्षेत्रका ३ कम्पनीले लगानीकर्तालाई प्रतिफल घोषणा गरेका छन्।
यस्तै, ५ वटा इन्भेष्टमेन्ट कम्पनी, २ वटा लाइफ इन्स्योरेन्स, ८ वटा विकास बैंक, ३ वटा फाइनान्स कम्पनी, १८ वटा माइक्रोफाइनान्स, २० वटा हाइड्रोपावर र अन्य समूहका १ कम्पनीले सेयरधनीले लाभांशको निर्णय गरेका हुन्।
सेयरधनीलाई सबैभन्दा धेरै खुशी तुल्याउनेमा युनिलिभर नेपाल छ। यो कम्पनीका सेयरधनीले १७१४ प्रतिशत नगद लाभांश पाएका छन्। यस्तै धेरै लाभांश दिने कम्पनीको दोस्रोमा नम्बरमा सोल्टी होटल छ। होटलले ३६.८४ प्रतिशत लाभांश दिएको छ।
