महुली लघुवित्तको एफपीओमा ५२ गुणाभन्दा धेरै आवेदन, १७ लाख ८७ हजारले भरे

बिजमाण्डू
२०८१ पुष १० गते १०:४१ | Dec 25, 2024
महुली लघुवित्तको एफपीओमा ५२ गुणाभन्दा धेरै आवेदन,  १७ लाख ८७ हजारले भरे


काठमाडौं। महुली लघुवित्तको एफपीओमा ५२ गुणाभन्दा धेरै आवेदन परेको छ। कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओमा आवेदन खुलाएकामा २ करोड ४९ लाख ३ हजार ६१० कित्ता माग भएको छ।

Tata
GBIME
NLIC

प्रति कित्ता १०० रुपैयाँका दरले पुस ५ गते आवेदन खुलाइएको थियो। आवेदन बुझाउने म्याद मंगलबार साँझ सकिएको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार लघुवित्तको एफपीओका लागि १७ लाख ८७ हजार ३९१ आवेदन परेको छ।

४ करोड ७५ लाख ४४ हजार ९०० रुपैयाँ बराबरको एफपीओका लागि आवेदन खोलिएकामा २ अर्ब ४९ करोड ३ लाख ६१ हजार रुपैयाँ बराबरको एफपीओ माग भएको छ।