सेयर बजारको ओरालो यात्रा जारी, नेप्से ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा

बिजमाण्डू
२०८१ मंसिर २५ गते १५:२१ | Dec 10, 2024
सेयर बजारको ओरालो यात्रा जारी, नेप्से ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा


काठमाडौं । सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ। मंगलबार नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा आएको छ।

Tata
GBIME
NLIC

गत सातादेखि ओरालो लागेको बजारमा मंगलबार सहित लगातार पाँचौँदिन गिरावट आएको हो। कारोबारमा आएका होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्।

लाइफ इन्स्योरेन्सको सूचक सर्वाधिक १ प्रतिशतले घटेको छ। १४८ कम्पनीका लगानीकर्ताले लगानी गुमाएका छन्। एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य सर्वाधिक ९.९० प्रतिशतले घटेको छ। ८५ कम्पनीको सेयर मूल्य बढेको छ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै ७.६७ प्रतिशतले सेयर मूल्य बढेको छ। ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक एनआरए डेभलपमेन्ट कम्पनीको १८ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै, सानिमा माइ हाइड्रोपावर १८ करोड ७६ लाख, जानकी फाइनान्स १७ करोड १७ लाख र हिमालयन डिष्टिलरीको ११ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।