सेयर बजारमा दोस्रो दिन गिरावट, नेप्से १५.९३ अंकले घट्यो, ८ अर्ब ३६ करोडको कारोबार

बिजमाण्डू
२०८१ मंसिर २० गते १५:२१ | Dec 5, 2024
सेयर बजारमा दोस्रो दिन गिरावट, नेप्से १५.९३ अंकले घट्यो, ८ अर्ब ३६ करोडको कारोबार


काठमाडौं। सेयर बजार परिसूचक १५.९३ अंकले घटेको छ। २७५०.८७ विन्दुमा खुलेको बजार अन्तिममा २७३४.९३ विन्दु कायम भएको छ।

Tata
GBIME
NLIC

४० कम्पनीका लगानीकर्ताले कमाउँदा २०१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। घटेको बजारमा खानीखोला र सुपर मादी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ८.३७ प्रतिशत अर्थात प्रति कित्ता २६० रुपैयाँ घटेको छ।

बजारमा ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल फाइनान्सको सबैभन्दा धेरै ४२ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ।