स्थानीयतह उपनिर्वाचन : नतिजा आएका अधिकांश क्षेत्रमा कांग्रेस विजयी, कहाँ कसले मारे बाजी?

बिजमाण्डू
२०८१ मंसिर १७ गते ०९:३० | Dec 2, 2024
स्थानीयतह उपनिर्वाचन : नतिजा आएका अधिकांश क्षेत्रमा कांग्रेस विजयी, कहाँ कसले मारे बाजी?


काठमाडौं। आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को नतिजा आउनेक्रम जारी छ। आइतबार नै मतगणना सुरु भएका क्षेत्रको नतिजा आएको हो।

Tata
GBIME
NLIC

नतिजा आएका अधिकांश क्षेत्रमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। त्यसपछि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)ले पनि केही स्थानमा हित हासिल गरेका छन्।

रास्वपाले कांग्रेससँग खोस्यो काठमाडौंको गढ

काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी छिन्। नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठक दोस्रो भएका छन्। रोजिनाले २ हजार ९०० भन्दा बढी मत ल्याएकी हुन्।

नेकपा एमालेका लक्ष्मीरत्न महर्जन तेस्रो भएका छन् भने एकीकृत समाजवादीका मीनबहादुर मानन्धर चौथो भएका छन्।

यो वडामा करिब साढे १० हजार मत खसेको छ। देशभर भएको उपनिर्वाचनमा काठमाडौं १६ मा सबैभन्दा कम मत खसेको हो।

ग्रामथानको अध्यक्षमा माओवादी केन्द्रका माझी विजयी

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमो नारायण माझी विजयी भएका छन्। उनले ६ हजार ९ सय ६९ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३ सय ३३ मत पाए। नेकपा (एमाले)का तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याए।

महाबुमा एमाले विजयी

दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का जङ्गबहादुर शाहीले ३ हजार १ सय २७ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६ सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए।

सुर्मा-४ मा कांग्रेसका पुजारा निर्वाचित

बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजाराले ६ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन्।

उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै, कीर्तिपुर नगरपालिका-१ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनले ५ सय ६२ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

गढीमाई-८ मा नेकपा एस र ईशनाथ-७ मा कांग्रेसका उम्मेदवार विजयी

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादीकास)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन्।

उनले ६ सय ५५ मत प्राप्त गरेका थिए। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जिउतीदेवी यादवले ६ सय ३१ मत ल्याइन् भने नेपाली कांग्रेसका सुबोधकुमार यादवले ६ सय १७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले २ सय ५८ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए।

यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा यादव निर्वाचित भएका थिए।

त्यस्तै, ईशनाथ नगरपालिका-७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले ६ २७ मत प्राप्त गरी विजयी भएका छन्।

उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार शेख अनवरले ५ सय ७५ मत प्राप्त गरेको निर्वाचन कार्यालय प्रमुख दासले जानकारी दिए।

त्रियुगा-१२ मा माओवादी केन्द्रका राई निर्वाचित

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नवीनकुमार वान्तवा राई निर्वाचित भएका छन्। उनले ९ सय २३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मी नारायण चौधरीले ६ सय ८ मत पाए।

आयोगका अनुसार नेपाली कांग्रेसका सञ्जीव काफ्लेले ३ सय ५९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का निर्मला चौधरीले ३ सय १२, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलले २ सय २, स्वतन्त्र उम्मेदवार बजरङ्गीकुमार दासले ३०, जनमत पार्टीका प्रमोद मलाहा सहनीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु साहले १७ र नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरीले ७ मत पाएको आयोगले जनाएको छ।

डाक्नेश्वरी-१ मा जसपा नेपालका साह विजयी

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भएका छन्। साहले ६ सय ५२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले ५ सय ८७ मत प्राप्त गरिन्। साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भगबानी साहले २ सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका सतिशकुमार चौधरीले १ सय ६५, जनमत पार्टीका शैलेन्द्रकुमार साह (तेली)ले ७४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमोदकुमार सन्तले २९, नागरिक उन्मुक्ति पार्टीका अनरुदप्रसाद चौधरीले २० र स्वतन्त्र उम्मेदवार सुशील साहले २ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

शुद्धोधन-६ मा एमालेका मुसलमान विजयी

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहमद ताहिर मुसलमान विजयी भएका छन्। उनले १ हजार १ सय ५० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले १ हजार ७६ मत प्राप्त गरे। साथै जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४ सय २३, जनता समाजवादी पार्टी, नेपालका रामबहादुर कुर्मी चौधरीले ३ सय ४१, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रफि मोहम्मद मुसलमानले १ सय ३८, राष्ट्रिय स्वतन्त्र पार्टीका अवधेशकुमार चौधरीले ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका इनताज अहमद धोवीले ६६ मत पाए।

साथै नागरिक उन्मुक्ति पार्टीका सूर्यकुमार चौधरी थारुले ३३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सुब्बा थारुले १५ र स्वतन्त्र उम्मेदवार अब्दुल अब्वल फकिरले १ मत पाए।

हेटौंडा-१२ मा कांग्रेसका तिवारी विजयी

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन्। तिवारीले २ हजार ६३ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिए।

तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गरे।

साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले) राजेश नगरकोटीले १ हजार ३ सय ९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भोलनले १ सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका आशा विर बलले ८३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बलराम बलले ७३ र मङ्गोल नेशनल अर्गनाइजेसनका दीपा लामाले ३२ मत प्राप्त गरे।

विसं २०७९ को निर्वाचनमा तिवारी माओवादी केन्द्रका ललितबहादुर घलानसँग ३१ मतले पराजित भएका थिए।

भीमदत्त-६ मा कांग्रेसका चन्द विजयी

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन्। उनले १ हजार १ सय ७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बहादुर चन्दले ४ सय ८७ मत प्राप्त गरे। साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले ३ सय ६९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितन्द्रबहादुर चन्दले २ सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले २ सय १८ मत प्राप्त गरे।

साथै स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले १ सय ४२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका हरिष डगौराले १ सय २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नारा राम कोलीले १ सय २२, स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९, राष्ट्रिय प्रजातन्त्र पार्टी नपालका दिलबहादुर धामीले २४, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले १२ र जनमत पार्टीका यादव बहादुर चन्दले ५ मत प्राप्त गरे।

ककनी-२ मा माओवादी केन्द्रका घिमिरे विजयी

नुवाकोटको ककनी गाँउपालिका वडा नम्बर २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे (मिलन) निर्वाचित भएका छन्।

घिमिरे १ हजार ८५ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिए। उनका अनुसार घिमिरेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङले ५ सय ८७ मत प्राप्त गरे।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यमबहादुर लामाले ३ सय ४१, राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलसिद्वि तामाङले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापाले २८, मङ्गोल नेशनल अर्गनाइजेसनका किरण तामाङले २६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का मानबहादुर लामाले (तामाङ) २३, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङले १६ र नेपाल मजदुर किसान पार्टीका माइली माया तामाङले १४ मत प्राप्त गरे। साथै स्वतन्त्र उम्मेदवारद्वय सोनु तामाङ र रमेश पुडासैनीले १/१ मत पाए।

३ हजार १ सय ७५ मतदातामध्ये २ हजार २ सय ५५ ले मतदान गरेका थिए। जसमा ५१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

लालिगुँरास-८ मा कांग्रेसका लिम्बु विजयी

तेह्रथुमको लालिगुँरास नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन्। उनले ४ सय ४० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिए।

लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बुले ३ सय ६० मत प्राप्त गरे। साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जिव खड्काले ३८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुमार विश्वकर्माले २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर श्रीपालीले ४, स्वतन्त्र उम्मेदवार वसन्त लिम्बुले ४ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रेमबहादुर खड्काले २ मत प्राप्त गरे।

विसं २०७९ को निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका तेजमान लिम्बुको २०८० साल चैत २९ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो।

गढी-६ मा कांग्रेसका साहु विजयी

सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन्। उनले ८ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले ७ सय ९४ मत प्राप्त गरे। साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शन्तु उरावले ७ सय ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका कबिता कुमारी उरावले ८७ मत प्राप्त गरे।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले ३३, जनमत पार्टीका सिताराम यादवले ३०, समावेशी समाजवादी पार्टी नेपालका योग नारायण ऋषिदेवले १२, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजो देवी रिषिदेवले ११, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बच्चालाल अरगरिया यादवले १० र स्वतन्त्र उम्मेदवार श्यामदेव महतोले ३ मत प्राप्त निर्वाचन आयोगले जनाएको छ।

धनुषाधाम-१ मा माओवादी केन्द्रका कापर विजयी

धनुषाधाम नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनिल कापर केवट निर्वाचित भएका छन्।

केवट ६ सय ८४ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले ६ सय २ मत प्राप्त गरे।

साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले ४ सय ९९, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमोद यादवले ३ सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गरे।

स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन्।

भण्डारीले १ हजार ७ सय ४० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए।

भण्डारीकी निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले १ हजार ४ सय ७४ प्राप्त गरिन्। कुल ७ हजार ४ सय ६० मतदातामध्ये ३ हजार ९ सय ३ मत खसेको थियो।

निर्वाचित भण्डारी विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन्। गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको विसं २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।

रुन्टीगढी-४ मा कांग्रेसका मगर निर्वाचित

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित भएका छन्। उनले ६ सय ४३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

मगरका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वेगम पुनले ५ सय ३५ मत प्राप्त गरिन्। साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नरेश जङ्ग सिंहले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले ७ र मङ्गोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर बुढाले ७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

ठाकुरबाबा-४ मा कांग्रेसका थारु विजयी

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित भएका छन्। उनले १ हजार ४३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

थारुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सेरबहादुर थारुले ६ सय ७८ मत प्राप्त गरे। साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विष्णुप्रसाद देवकोटाले ३ सय ३७, नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्माले १७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

डाक्नेश्वरी-४ मा जसपाका यादव विजयी

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका देवेन्द्रप्रसाद यादव विजयी भएका छन्। यादवले ३ सय ७२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले २ सय ७७ मत प्राप्त गरे। साथै जनमत पार्टीका उदय नारायण पण्डितले २ सय ३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सञ्जयकुमार यादवले ६८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का भागवत रामले ९, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार यादवले ६ र नागरिक उन्मुक्ति पार्टीका शिवकुमार रामले ३ र जनता समाजवादी पार्टीका रविन्द्र रायले ३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

राजपुर-६ मा कांग्रेसका आलम विजयी

रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

कांग्रेसका आलमले ७ सय ४४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिकरुलाहले ४ सय ६३ मत प्राप्त गरे।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहम्मद नसिम अख्तरले ४ सय ३१, जनमत पार्टीका क्यामुदिन धुनियाले ४५, स्वतन्त्र उम्मेदवार शेख रेयाजले ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनारायण प्रसाद जयसवालले १७, स्वतन्त्र उम्मेदवारहरु शेख मुस्ताक अहमदले २, नजमा खातुनले १ र शेख अतिउल्लाहले १ मत प्राप्त गरेको आयोगले जनाएको छ।

दुल्लू-१३ मा एमालेका शाही विजयी

दैलेखको दुल्लू नगरपालिका-१३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लालबहादुर शाही विजयी भएका छन्। उनले ५ सय ७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिए।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५ सय ७१ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ढकेन्द्रबहादुर शाहीले २ सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेशमबहादुर मल्लले १३ र नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद उपाध्यायले ४ मत प्राप्त गरे।

निर्वाचन अधिकृत मल्लका अनुसार कुल १ हजार ५ सय २७ मत खसेकोमध्ये ३३ मत बदर भएका थिए।

मुसिकोट-१ मा कांग्रेसका श्रेष्ठ विजयी

गुल्मीको मुसिकोट नगरपालिका-१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले १ हजार १ सय ८४ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिए।

उनका अनुसार श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दलबहादुर थापाले ९ सय ३० मत प्राप्त गरे। साथै नेकपा (माओवादी केन्द्र)का दुर्गाबहादुर विकले १ सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरी खातीले ५ मत प्राप्त गरे।

मुसिकोट नगरपालिका-१ मा ४ हजार ९१ मतदातामध्ये २ हजार ३ सय ३४ जनाले मतदान गरेका थिए। ३ मतदानस्थल एवं ५ वटा मतदान केन्द्र रहेको उक्त वडामा नेपाल राष्ट्रिय सर्वोदय माविको अमराई मतदान केन्द्रमा १ हजार ९ सय ४५, सरस्वती मावि मतदान केन्द्रमा १ हजार २ सय ९७ र जनज्योति मावि केन्द्र अरेबामा ८ सय ४९ मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत रिषीराम घिमिरेले जानकारी दिए।

वडाध्यक्ष पदका लागि ८ जनाको मनोनयन दर्ता भएको थियो। मुसिकोट-१ मा तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।

सिरिजङ्घा-३ एमालेका सावादेन निर्वाचित

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित भएकी छन्। उनले ३ सय ५३ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए।

सावादेनका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अम्वी सावादेनले २ सय ५१ मत प्राप्त गरे। साथै नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले २ सय १८ प्राप्त गर्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल ७ मत प्राप्त गरे।

कुल १ हजार ५ सय २८ मतदातामध्ये ८ सय ९२ मत खसेको थियो। जसमा ९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिमले राजीनामा दिएपछि यहाँ उपनिर्वाचन भएको हो।

कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

झापाको कन्काई नगरपालिका-६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्।

स्वतन्त्र उम्मेदवार ओली ४ सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए।

उनका अनुसार नेकपा (एमाले) का तुलाराम बस्नेतले ३ सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३ सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले २ सय ७७ मत प्राप्त गरे।

यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) का दीर्घबहादुर थापा ५ सय ८ मत ल्याई निर्वाचित भएका थिए।

कन्काई-६ मा कुल २ हजार ५८ मतदाता रहेकामा १ हजार ५ सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिए।

गोरखा-५ मा माओवादी केन्द्रका रानामगर विजयी

गोरखा नगरपालिका-५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी भएका छन्। रानामगरले ४ सय ८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत प्राप्त गरेको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिए। त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुर्गामाया राना थापाले ३ सय ४५ मत प्राप्त गरिन्।

कुल २ हजार २ सय २५ मतदाता रहेको उक्त वडामा १ हजार ३ सय ७३ मत खसेको थियो। खसेको मतमध्ये १८ मत बदर भएको मुख्य निर्वाचित अधिकृत रानभाट जानकारीले दिए।

उपनिर्वाचनमा विभिन्न ९ राजनीतिक दलका ९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी भएका एमालेका खीलबहादुर रानामगरको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो।

ईशनाथ-७ मा कांग्रेसका खलिक विजयी

रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

कांग्रेसका खलिकले ६ सय २७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेख अनवारले ५ सय ७५ मत प्राप्त गरे।

आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सदरे आलमले ४ सय ५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले १ सय ३५ मत प्राप्त गरे।

साथै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शेख अमिरुलले २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शेख असराजले ६ र जनता समाजवादी पार्टी नेपालका शेख अब्दुल अहदले ४ मत प्राप्त गरे। साथै स्वतन्त्र उम्मेदवारहरू शेख अंजर हुसेनले २, शेख अबुजैरले १ र शेख नजिरुलले १ मत प्राप्त गरे।

रामगोपालपुर-२ मा एमालेका खाँ विजयी

महोत्तरीको रामगोपालपुर नगरपालिका-२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सकिबुल खाँ निर्वाचित भएका छन्। खाँले ६ सय ३१ मत प्राप्त गरे।

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आइतीकुमारी यादवले ५ सय ३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए।

कुल २ हजार १ सय ४१ मतदाता रहेका सो वडामा १ हजार ५ सय १४ मत खसेको थियो। निर्वाचनमा ७ राजनीतिक दल र ११ स्वतन्त्र गरी १८ जना उम्मेदवार रहेका थिए।

यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनबाट अध्यक्ष बनेका माओवादी केन्द्रका मुकेशकुमार यादवको गत भदौमा मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो।

मतगणना परिणामअनुसार नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले २ सय ८४ र जनता समाजवादी पार्टी नेपालका नजामुद्दिन खानले ३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पूर्वीचौकी-६ मा कांग्रेसका थापा विजयी

डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजय भएका छन्। उनी ४ सय ६८ मत प्राप्त गरी विजयी भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अधिकृत रुद्रमणि गिरीले दिएको जानकारी अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबहादुर थापाले ३ सय १ मत प्राप्त गरे।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी कुमारी खड्का (कुँवर)ले ३१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का देवीलाल थापाले २६ मत प्राप्त गरे।

निर्वाचन कार्यालयका अनुसार १३ मत बदर भएको छ। कुल १ हजार ५ सय ९३ मतदाता रहेको वडामा ८ सय ३९ मत खसेको थियो।

यसअघि २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए।

सानीभेरी-५ मा कांग्रेसका खत्री विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी भएका छन्।

कांग्रेसका खत्रीले ५ सय ९० मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जसीराम बस्नेतले ५ सय ३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालले जानकारी दिए।

उनका अनुसार १९ मत बदर भएको थियो। कुल १ हजार ४ सय ३४ मतदाता रहेकामा १ हजार १ सय ४६ मत खसेको थियो।

वडा अध्यक्ष अलबहादुर खत्रीको गत वर्ष उपचारका क्रममा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो। अध्यक्षमा निर्वाचित मोतिराम अलबहादुरका भाइ हुन्।

मोलुङ-५ मा एमालेका तामाङ विजयी

ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार गङ्गाबहादुर तामाङ ३ सय ९९ मत ल्याएर विजयी भएका छन्।

तामाङका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका घनश्याम दाहालले १ सय ७७ मत प्राप्त गरे। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले १ सय ५१, नेकपा (माओवादी केन्द्र) का मानबहादुर सुनुवारले २३, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहालले ३ र जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले ३ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

उक्त निर्वाचनमा १२ मत बदर भएको थियो। विसं २०७९ को स्थानीय तह निर्वाचनमा मोलुङ-५ का वडाध्यक्ष गोपिकृष्ण कार्कीको निधन भएकापछि उपनिर्वाचन भएको हो।

कुशे-७ मा कांग्रेसका सिंह विजयी

जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन्।

उक्त पदका लागि आइतबार भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार सिंहले ३ सय ४७ मत ल्याएर विजयी भएका हुन्। मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेका अनुसार उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का गोरखबहादुर नेपालीले ३ सय ३२ मत प्राप्त गरे।

त्यस्तै नेकपा (एमाले) का डम्बरबहादुर घर्तीले २ सय ५२ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का लालबहादुर खत्रीले ८ मत ल्याए। उक्त निर्वाचनमा १७ मत बदर भएको थियो।

कुल १ हजार ३ सय २ मतदाता रहेकामा ९ सय ९५६ जनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए।

दुहुँ-५ मा कांग्रेसका कुँवर विजयी

दार्चुलाको दुहुँ गाउँपालिका-५ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छन्।

वडाध्यक्षमा कांग्रेसका कुँवर ३ सय ७६ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मानसिंह बडालले ३ सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए।

उक्त उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पाण्डेले बताए। निर्वाचनमा १५ मत बदर भएको थियो।

उपनिर्वाचनमा कुल १ हजार २ सय ७२ मतदातामध्ये ८ सय ७७ (६९.९४ प्रतिशत) मत खसेको थियो। दुहुँ-५ गरमोराको (क) केन्द्रमा २१४ महिला र २२३ पुरुषले मतदान गरेका थिए भने (ख) केन्द्रमा २६२ महिला र १७८ पुरुष मतदानमा सहभागी भएका निर्वाचन कार्यालयले जनाएको छ।

विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको हो।

तिलागुफा-४ मा नेमकिपाका शाही विजयी

कालीकोटको तिलागुफा गाउँपालिका-४ को वडाध्यक्ष पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्कराज शाही विजयी भएका छन्।

वडाध्यक्षमा शाही १ सय ४३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नैसोभा शाहीले १ सय १५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए।

उक्त उपनिर्वाचनमा नेकपा (एमाले) का ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोगनबहादुर शाहीले १७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले ५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पन्तले बताए।

कुल ६ सय ९ मतदातामध्ये निर्वाचनमा ४ सय ११ (६७.४८ प्रतिशत) मत खसेको थियो। २ सय १७ महिला र १ सय ९४ पुरुषले मतदान गरेका थिए।

चार मत बदर भएको थियो। विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका परबहादुर शाहीको पहिरोमा परी निधन भएको थियो।