पाटनमा अस्ट्रियन कलाकारले पारे मोहित, सांस्कृतिक कार्यक्रमले सम्बन्ध प्रगाढ हुने विश्वास

बिजमाण्डू
२०८१ मंसिर ६ गते १९:४३ | Nov 21, 2024
पाटनमा अस्ट्रियन कलाकारले पारे मोहित, सांस्कृतिक कार्यक्रमले सम्बन्ध प्रगाढ हुने विश्वास

काठमाडौं। प्रतिभाशाली अस्ट्रियन कलाकार मारिआना डे मेओ र रोमन मारिया मुल्लरले प्यान्टोमाइम प्रस्तुतिमार्फत दर्शकलाई मन्त्रमुग्ध पारेका छन्।

Tata
GBIME

पाटन म्युजियममा गरिएको सांस्कृतिक कार्यक्रममा दुई कलाकारले उत्कृष्ट प्रस्तुति गरेका हुन्। कला र संस्कृतिको माध्यमबाट दुई मुलुकबीचको आपसी समझदारी अझ बलियो तथा जनस्तरीय सम्बन्ध प्रगाढ बनाउन भन्दै नयाँदिल्लीस्थित अस्ट्रियन राजदूतावासले कार्यक्रम गरेको हो।

कार्यक्रम मनकामना केबलकारले प्रायोजन गरेको थियो। यो केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठ नेपालका लागि अस्ट्रियाको अवैतनिक वाणिज्यदूत हुन्।