द क्लिफमा स्वास्थ्य मन्त्री पौडेल, साहसिक पर्यटकीय खेल अवलोकन

बिजमाण्डू
२०८१ मंसिर ४ गते १६:५६ | Nov 19, 2024
द क्लिफमा स्वास्थ्य मन्त्री पौडेल, साहसिक पर्यटकीय खेल अवलोकन


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल द क्लिफ पुगेका छन्।सोमबार कुश्मा पुगेका पौडेलले द क्लिफ नेपालले संचालन गर्दै आएको साहसिक पर्यटकीय खेलहरूको अवलोकन गरेका थिए।

Tata
GBIME
NLIC

पौडेलसहितको टोली मंगलबार बिहानको ब्रेकफास्ट गरेर फर्किएको क्लिफका अध्यक्ष राजु कार्कीले बताए।

कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प संचालनमा छ।

पछिल्लो समय एडभेञ्चर हबको रुपमा विकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन्।