
स्पेनमा भारी वर्षाका कारण बाढी जाँदा हालसम्म ९५ जनाको मृत्यु भएको छ। अति भारी वर्षाका कारण उत्पन्न विपदमा मृतकको संख्या बढ्न सक्ने बताइएको छ।
भ्यालेन्सियाको पूर्वी भेगमा बढी प्रभाव पारेको बाढीले धेरै भवन र पुलहरु बगाएको छ।
८ घण्टाको अवधिमा भ्यालेन्सियाको विभिन्न स्थानमा हालसम्मकै धेरै वर्षा भएको स्थानीय अधिकारीहरुले बताएका छन्। बाढी पहिरोका कारण मुख्य राजमार्गहरुमा नै क्षति पुगेको छ। कयौं सहरहरु जलमग्न भएका छन् भने गाडीहरुमा क्षति पुगेको छ।
बाढीले पार्क गरिरहेका सयौं गाडीहरु बगाएको छ। सडकमा गाडी माथि गाडी थुप्रिएको छ।
हाल प्रभावित क्षेत्रम उद्धार तथा राहत कार्यलाई सरकारले तीव्रता दिने कार्य भइरहेको जनाएको छ।







