कुकुर तिहार : ‘टाइगर’ बन्यो अपराध अनुसन्धानमा उत्कृष्ट, तालिम केन्द्रमा पूजा

बिजमाण्डू
२०८१ कात्तिक १५ गते १२:०८ | Oct 31, 2024
कुकुर तिहार : ‘टाइगर’ बन्यो अपराध अनुसन्धानमा उत्कृष्ट, तालिम केन्द्रमा पूजा

काठमाडौं । आज कुकुर तिहार। यसै अवसरमा राजधानीको महाराजगंजस्थित केन्द्रीय कुकुर तालिम केन्द्रमा पनि कुकुर पूजा गरिएको छ।

Tata
GBIME

आज इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरको पूजा गरि मीठो खानेकुरा खान दिएर मनाइन्छ। त्यसै अवसरमा तालिम केन्द्रमा पनि कुकुरको पूजा गरिएको हो।

यससँगै केन्द्रमा कुकुरहरुले विभिन्न कला प्रदर्शन गरेका थिए। यस्तै, ‘क्राइम सिन’मा कुकुरका तालिमप्राप्त कुकुरहरुले कसरी काम गर्छन् भनेर पनि आज पेस गरिएको थियो।

कुकुरको सुँघ्ने क्षमता असाध्यै राम्रो हुने भएकोले अपराधी पत्ता लगाउन पनि यिनको प्रयोग गरिन्छ। प्रहरीले आफ्नो अनुसन्धानको लागि कुकुरको प्रयोग गर्ने गरेको छ।

अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर ‘टाइगर’ लाई सम्मान गरिएको थियो।