
काठमाडौं । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले दसैंमा विभिन्न मोडलका ७५० भन्दा बढी गाडी डेलिभरी गरेको छ। टाटाको पन्च इभी, टियागो इभी, टिगोर इभि, एक्प्रेस–टि र आइस गाडी गरेर ७५१ भन्दा बढी गाडी डेलिभरी गरिएको हो।
यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको टाटा पन्च इभीको यो दसैंमा ३७७ युनिट डेलिभरी भएको छ। सुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको टाटा पन्च इभीमा कम्पनीले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए।
उनका अनुसार सुरुवाती भेरियन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च इभीले नेपालमा राम्रो बजार लिइरहेको छ।
टाटाको पन्च इभीको साथै गतव र्षको नाडा अटो शोमा नै लन्च भएको टियागो इभी बजेट सेग्मेन्टको सर्वाधिक बिक्री भएको मोडल हो। यो दसैंमा पनि टियागो इभिको १५६ युनिट डेलिभरी भएको कम्पनिले जनाएको छ।
यस्तै, टाटाको टिगोर इभीको १० युनिट र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनिले जनाएको छ।
यो दसैंमा एक्प्रेस–टिको पनि राम्रो संख्यामा डेलिभरी भएको कम्पनीको दाबी छ। एक्प्रेस–टिको १५६ डेलिभरी भए सँगै सिप्रदीले यो दसैंमा ७५१ टाटा कारहरु डेलिभर गरेको छ।
दसैंको अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दसैंभरि सिप्रदीको फास्ट डिसी चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको व्यवस्था गरेको छ। साथै टाटा मोटर्सले आफ्ना देशभरिको सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवाप्रदान गरिरहेको छ। बिदाको समयमा टाटाका बाघडोल र गोगंबु स्थित दुईवटा सर्भिस सेन्टरहरु खुल्ला छन्।