सिप्रदी ग्रुपद्वारा पनौतीका बाढी पीडित २०० घरपरिवारलाई घरायसी सामाग्री सहयोग

बिजमाण्डू
२०८१ असोज २४ गते १०:३४ | Oct 10, 2024
सिप्रदी ग्रुपद्वारा पनौतीका बाढी पीडित २०० घरपरिवारलाई घरायसी सामाग्री सहयोग


काठमाडौं । सिप्रदी ग्रुपले बाढी पहिरो पीडितलाई राहत स्वरुप विभिन्न सामाग्री सहयोग गरेको छ।

Tata
GBIME
NLIC

सिप्रदीयन सहायता संस्थाले काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ का २०० घरपरिवारलाई राहत उपलब्ध गराएको हो।

कम्पनीले एक परिवारलाई सिरक १ थान, डसना १ थान, सिरानी २ थान, तन्ना १ थान, झूल १ थान, मेट्रेक्स १ थान, खाना पकाउने कूकर १ थान, थाल ४ थान उपलब्ध गराएको छ।

यससँगै कराइ, जग, बाल्टिन र पनियो १-१ थान का दरले पनि उपलब्ध गराइएको छ।