एनसेलकी कर्पोरेट कम्युनिकेसन्स हेड विशाखाले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

बिजमाण्डू
२०८१ असोज १८ गते २०:२० | Oct 4, 2024
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स हेड विशाखाले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड


काठमाडौं। एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्डर्स २०२४’ बाट सम्मानित भएकी छिन्। खड्काले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत अवार्ड पाएकी हुन्।

Tata
GBIME
NLIC

उनले आफ्नो सफलता कम्पनीको सामूहिक प्रयासको नतिजा भएको बताएकी छिन्। ‘यो हाम्रो टिम एनसेलले गरेको सामूहिक प्रयासको नतिजा हो र हामीले गरेका सामाजिक पहलहरूले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा धेरै खुसी छौं। एनसेल फाउन्डेसनको सुरुवातसँगै हामी सामाजिक पहलमार्फत समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउन र दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि सरकारलाई सहयोग गर्ने हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिबद्ध छौं,’ खड्काले भनिन्।

सामाजिक परियोजनामार्फत सामाजिक-आर्थिक विकासमा योगदान पुर्‍याएकोमा एनसेल एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेको छ।

अवार्ड वुमन लिडर, चिफ एक्जिक्युटिभ अफिसर, उद्यमी र महिलाले सञ्चालन गरेका व्यवसायहरूको उल्लेखनीय उपलब्धिलाई दिने गरिएको छ।