मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर ७.१८ प्रतिशत, कुन बैंकमा कति पाइन्छ ?



आकाश बोगटी
२०८१ असोज २९ गते १२:२६ | Oct 15, 2024
मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर ७.१८ प्रतिशत, कुन बैंकमा कति पाइन्छ ?

काठमाडौं। वाणिज्य बैंकहरुले मुद्दती खातामा पैसा राख्दा ७.१८ प्रतिशतसम्म ब्याज दिइरहेका छन्। वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ७.१८ प्रतिशतसम्म ब्याज दिइरहेका हुन्।

Tata
GBIME
Nepal Life

असोज महिनाका लागि कायम गरिएको ब्याजदर अनुसार मुद्दती निक्षेपमा सबैभन्दा बढी एनआईसी एसिया बैंकले दिइरहेको छ। २ वर्षभन्दा बढी अवधिका लागि मुद्दती खातामा पैसा राख्दा बैंकले ७.१८ प्रतिशत ब्याज दिइरहेको छ।

सबैभन्दा कम ब्याज दिनेमा सानिमा र नेपाल बैंक छन्। दुई वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा सानिमा र नेपाल बैंकको ब्याजदर ५.९५ प्रतिशत छ।

हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड र माछापुच्छ्रे बैंकले दुई वर्षभन्दा बढी अवधिको मुद्दतीमा पैसा राख्नेलाई ७ प्रतिशत ब्याज दिइरहेका छन्। बढी ब्याजदर खोज्नेले लामो अवधिका लागि पैसा राख्नुपर्छ।

छोटो अवधिका लागि मुद्दतीमा पैसा राख्नेले ब्याजदर धेरै पाउँदैनन्। ६ महिनादेखि १ वर्षका लागि मुद्दतीमा निक्षेप राख्नेले बैंक अनुसार ४ देखि ६ प्रतिशत ब्याज पाउँछन्। सबैभन्दा कम ब्याजदर दिनेमा राष्ट्रिय वाणिज्य बैंक छ।

बैंकका सीइओ देवेन्द्ररमण खनालले दीर्घकालीन लगानीको योजना बनाइरहेका कारण बैंकले सर्ट टर्मभन्दा लङ टर्म निक्षेपलाई प्राथमिकतामा राखेको बताए।

‘अल्पकालीन रुपमा हामीसँग धेरै तरलता थुप्रिएको छ। तत्काल उल्लेख्य रुपमा नयाँ लगानी बढाउने अवस्था पनि छैन। त्यसैले दीर्घकालीन रणनीतिसहित लङ टर्मको मुद्दतीमा केन्द्रित भएका हौं,’ उनले भने।

त्यसो त राष्ट्रिय वाणिज्य बैंकले लामो अवधि अर्थात २ वर्षभन्दा बढी समयको मुद्दती निक्षेपमा पनि अहिले ६ प्रतिशतभन्दा बढी ब्याज दिएको छैन।

छोटो अवधिका लागि मुद्दतीमा पैसा राख्नेलाई माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै ६ प्रतिशत ब्याज दिइरहेको छ। ६ महिनादेखि १ वर्षको मुद्दती निक्षेपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साढे ५ प्रतिशत, सानिमा र सिटिजन्स बैंकले ५.४०, प्रभु बैंकले ५.१० र कृषि विकास बैंकले ५.०६ प्रतिशत ब्याज दिइरहेका छन्।

१ वर्षदेखि २ वर्ष अवधिको मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज दिनेमा प्राइम कमर्सियल बैंक छ। यो बैंकले १ वर्षदेखि २ वर्ष अवधिको मुद्दतीमा ६.२५ प्रतिशत ब्याज दिइरहेको छ। यस्तै सिटिजन्स बैंकले ६.१५ तथा नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ, हिमालयन र लक्ष्मी सनराइज बैंकले ६ प्रतिशत ब्याजदर कायम गरेका छन्।

१ वर्षदेखि २ वर्ष अवधिको मुद्दतीमा सबैभन्दा कम ब्याज दिनेमा एभरेष्ट बैंक छ। यो अवधिको मुद्दतीमा एभरेष्टले ४.१५ प्रतिशत ब्याजदर कायम गरेको छ।

नेपाल बैंक अहिले दीर्घकालीन निक्षेपमा केन्द्रित छ। बैंकले ६ महिनादेखि २ वर्ष अवधिको निक्षेप नै लिएको छैन। बैंकका सीइओ तिलकराज पाण्डेले ५ वर्षे रणनीतिसहित बैंकले अहिले दीर्घकालीन निक्षेपलाई प्राथमिकतामा राखेको बताए।

‘आर्थिक गतिविधि सुस्त रहेका कारण नयाँ लगानी बढ्न सकेको छैन। तर, तरलता भने बढिरहेको छ,’ उनले भने, ‘त्यही कारण हामीले अहिले छोटो अवधिको निक्षेपलाई ध्यान दिएका छैनौं। ब्याजदर घटेका बेला लामो अवधिको पैसा उठाएर व्यवसाय गर्ने हाम्रो रणनीति छ।’

मुद्दती निक्षेपमा कुन बैंकको ब्याजदर कति?

वाणिज्य बैंक६ महिनादेखि १ वर्ष
अवधिको मुद्दतीको ब्याजदर
१ देखि २ वर्ष
अवधिको मुद्दतीको ब्याजदर
२ वर्षभन्दा बढी अवधिको मुद्दतीको ब्याजदर
प्राइम कमर्सियल६.२५६.७५
माछापुच्छ्रे
नेपाल एसबिआइ४.३५५.३५
कुमारी५.०१५.५१६.०१
कृषि विकास ५.०६६.०७
प्रभु५.१६.१
सानिमा५.४५.९
एनएमबि४.५५.५६.५०
लक्ष्मी सनराइज६.५०
एनआईसी एसिया५.०५५.७५७.१८
राष्ट्रिय वाणिज्य ४.५
नबिल ५.२५६.७५
ग्लोबल आइएमई५.५६.२५
स्ट्यान्डर्ड चार्टर्ड४.५४.७५
नेपाल ५.९५
एभरेष्ट४.१५
नेपाल इन्भेष्टमेन्ट मेगा५.५
सिटिजन्स५.४६.१५६.४०
सिद्धार्थ६.५
हिमालयन

कात्तिकका लागि बैंकहरुले बुधबार नयाँ ब्याजदर सार्वजनिक गर्दैछन्।