धुलिखेल-खावा सडक विस्तारमा लापरवाहीले यात्रा जोखिमपूर्ण, होटलहरु धमाधम बन्द

प्रवीण रानाभाट
२०८१ भदौ २७ गते १९:४२ | Sep 12, 2024
धुलिखेल-खावा सडक विस्तारमा लापरवाहीले यात्रा जोखिमपूर्ण, होटलहरु धमाधम बन्द
धुलिखेल-खावा सडक


काठमाडौं। धुलिखेल-खावा सडक विस्तारमा सरकार र निर्माण व्यवसायीले चरम लापरवाही गरेका छन्।

Tata
GBIME
NLIC

अरनिको राजमार्गमा पर्ने धुलिखेल-खावा सडक विस्तारको काम निर्माण कम्पनीले समयमा नगर्दा यात्रुले कष्ट झेल्नुपरिरहेको छ। सडक निकै जोखिमपूर्ण बनेको छ।

यो सडक हँदै यात्रा गर्नेहरुले घन्टौं जाममा बस्नुपर्छ। पानी पर्दा हिलोले सवारीसाधन ओहोरदोहोर गर्नै नसक्ने स्थिति हुने चालकहरु बताउँछन्।

धुलिखेल-खावा सडक

यसको असर स्थानीयलाई पनि परेको छ। करिब डेढ दर्ज होटल बन्द हुन पुगेका छन्।

‘सडकमा पानी हालेन भने धुलोले बसिनसक्नु हुन्छ। पानी पर्दा हिलोले ओहोरदोहोर गर्नै सकिंदैन। यसले गर्दा हाम्रो व्यवसाय चल्न सकेको छैन,’ स्थानीय होटल व्यवसायी प्रदीप गिरीले भने, ‘यो बाटो बनाउन थालेको साढे दुई वर्ष भइसक्यो अझै पनि जस्ताको तस्तै छ। पछिल्लो साढे २ वर्षदेखि भने व्यवसाय बन्द जस्तै छ। १५/२० वटा होटलहरु बन्द नै छन्। नेताज्यूहरु सडक हेर्न आउँछन् तर बनाउन लगाउँदैनन्।’  

धुलिखेल-खावा सडक

यो सडक हुँदै ४ जिल्लाका बासिन्दा ओहोरदोहोर गर्छन्। चीनको तिब्बत जोड्ने तातोपानी नाका पुग्ने प्रमुख सडक यही हो। तर सडकको दूरावस्थाले तातोपानी नाका हुँदै हुने व्यापार ने प्रभावित हुन पुगेको छ।

धुलिखेल-खावा सडक

चारैतिरबाट आलोचना हुन थालेपछि प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सदस्यहरूले भदौ २३ गते सडकको निरिक्षण गरे। उनीहरुले ठेक्का तोड्न सरकारलाई सुझाव दिएका छन्।

धुलिखेल-खावा सडक

सडक १२ मिटर फराकिलो बनाउने भन्दै सडक डिभिजन कार्यालय भक्तपुरले गौरी-पार्वती निर्माण सेवा प्रालिलाई २२ महिनामा काम सक्ने गरी २०७९ जेठ २० गते ठेक्का दिएको थियो। ३० करोड ७८ लाख रुपैयाँ लागत अनुमान गरिएको ठेक्का निर्माण कम्पनीले २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा लियो।

धुलिखेल-खावा सडक

मालबहाक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डीबीएम र आस्फाल कालोपत्र गर्ने योजना थियो। सम्झौता अनुसार २०८० चैत १९ गतेसम्म यी सबै काम पूरा हुनुपर्थ्यो।

धुलिखेल-खावा सडक

तर चार किलोमिटरमध्ये दुई किलोमिटर सडक खण्डमा मात्रै करिब ४० प्रतिशत काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ। कार्यालयले ठेक्का तोड्ने हिम्मत गर्न सकेको छैन।

धुलिखेल-खावा सडक