टाइगर प्यालेसलाई कार्बन उत्सर्जन रहित बनाउने योजना, इभी गाडीमात्रै प्रयोग गरिने

बिजमाण्डू
२०८१ भदौ १८ गते १२:१७ | Sep 3, 2024
टाइगर प्यालेसलाई कार्बन उत्सर्जन रहित बनाउने योजना, इभी गाडीमात्रै प्रयोग गरिने

काठमाडौं । हिमालयन टाइगर इनभेष्टमेन्टले एक वर्ष अगाडि स्वामित्व लिएको भैरहवास्थित टाइगर प्यालेसले पर्यावरण मैत्री सेवा विस्तार लगानी गर्ने भएको छ।

Tata
GBIME

सोमबार ‘सेलिब्रेटिङ आवर टाइगर’ समारोहमार्फत रिसोर्टले आफ्नो परिसरमा एक सय वटा विभिन्न प्रजातीको विरुवा रोपेको जनाएको छ।

रिसोर्टका सीईओ दिपक लेखकले रिसोर्टमा कार्बन उत्सर्जन हुने वस्तुको प्रयोग शून्य बनाउने र हरियाली बढाएर वातावरण संरक्षणमा टेवा पुर्‍याउने उद्धेश्यले वृक्षरोपण गरिएको बताए।

‘आगामी केही वर्षभित्रै रिसोर्टले कार्बन उत्सर्जन हुने वस्तु शून्य बनाउँदै लैजानेछ,’ उनले भने, ‘प्रत्येक वर्ष एक सय विरुवा रोप्नेछौं। यो सँगै रिसोर्टमा विद्युतीय गाडीको मात्रै प्रयोग गरिनेछ।’

लामो समय बन्द रहेको रिसोर्ट एक वर्ष अघिबाट गैरआवासीय नेपाली समूहको ५ अर्ब लगानीमा सञ्चालनमा आएको हो।