
काठमाडौं । भृकुटीमण्डपमा नाडा अटो शोको १६ औं संस्करण जारी छ। हिजो करिब ८ हजारले प्रदर्शनी हेरेका थिए। आज पनि धेरै मानिस अटो शोमा पुगिरहेका छन्।
अटो शोमा चार पांग्रे विद्युतीय गाडीको वर्चश्व रहेको छ। यसबीच दुई पांग्रे सवारीतिर पनि मानिसहरुको नजर छ।
दुई पांग्रे सवारीमा भने धेरैको आकर्षण इन्धनको बाइकमा नै रहेको छ। इभी स्कुटरहरु पनि अटो शोमा राखिएको छ।


विभिन्न कम्पनीले नयाँ मोटरसाइकलहरु सार्वजनिक गरेका छन्। हिरो, बजाज, रोयल इन्फिल्ड, सीएफ मोटो, ट्रायम्फ् लगायतका बाइकहरु अटो शोका आकर्षण बनेको छ।
अटो शो पुगेका युवाहरु प्रिमियम बाइकहरुमा धेरै आकर्षित देखिएका छन्।

इड्भेन्चर बाइक सीएफ मोटो ४५० को मूल्य १२ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ। त्यस्तै, नेपालमै एसेम्बल गरिएको रोयल इन्फिल्ड हिमालयन ४५० को मूल्य ९ लाख ९० हजारबाट सुरु छ।





